हेर न हेर Ragatko Dhara- Nepali Christian Song | Michael Rai

हेर न हेर रगतको धारा बग्दैछ
निर्दोष थुमा बलिदान त्यहाँ हुँदैछ
मेरो निम्ति, तिम्रो निम्ति ।

पिउनै नसक्ने त्यो कचौरा येशूले पिइरहेछ,
बोक्नै नसक्ने त्यो भारी क्रुस येशूले बोकिरहेछ,
पहिरिनु नसक्ने त्यो काँडे मुकुट
येशूले पहिरीरहेछ,
सहनै नसक्ने त्यो चोटहरु
येशूले सहिरहेछ,
मेरो निम्ति, तिम्रो निम्ति ।

वहाँको बलिदानले यो जीवन धन्य बन्यो,
वहाँको बलिदानले यो जीवनमा उमङ्ग छायो,
धन्य होस् नाम, हल्लेलुयाह ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *