हजुरको प्यारले जीवन हाँस्यो
आशा उमँगले मितेरी गाँस्यो
(अभिशाप भन्थेँ यो जिन्दगी) २
तर आशिषको कारण बन्यो ।
हजुरको प्यारले…….
सुस्ताईसकेका यी पाईलाहरु
विवशताको बोझले थिचिदिँदा,
लोलाइसकेका थिए नयनहरु
निराशाको बादलले छोपिदिँदा,
जसै येशूसँग भेट भयो
नवीन आशा सञ्चार भयो
(अधुरो भन्थेँ जीवन यात्रालाई) २
तर..अनन्तको साथ बन्यो ।
हजुरको प्यारले……
बिलाईसकेका थिए चाहनाहरु
दुःख र कष्टले सताईरहँदा,
मरिसकेका थिए आशाहरु
सँसारको अभिलाषामा हराईरहँदा
जसै येशू तपाईं आउनुभयो
न्यानो मायामा अँगाल्नुभयो ।
(व्यर्थैको ठान्थेँ आफ्नो जीवनलाई)२
इश्वरको सुन्दर उपहार बन्यो,
हजुरको प्यारले……..