हजुरको प्यारले जीवन हाँस्यो
आशा उमँगले मितेरी गाँस्यो
(अभिशाप भन्थेँ यो जिन्दगी) २
तर आशिषको कारण बन्यो ।
हजुरको प्यारले…….
सुस्ताईसकेका यी पाईलाहरु
विवशताको बोझले थिचिदिँदा,
लोलाइसकेका थिए नयनहरु
निराशाको बादलले छोपिदिँदा,
जसै येशूसँग भेट भयो
नवीन आशा सञ्चार भयो
(अधुरो भन्थेँ जीवन यात्रालाई) २
तर..अनन्तको साथ बन्यो ।
हजुरको प्यारले……
बिलाईसकेका थिए चाहनाहरु
दुःख र कष्टले सताईरहँदा,
मरिसकेका थिए आशाहरु
सँसारको अभिलाषामा हराईरहँदा
जसै येशू तपाईं आउनुभयो
न्यानो मायामा अँगाल्नुभयो ।
(व्यर्थैको ठान्थेँ आफ्नो जीवनलाई)२
इश्वरको सुन्दर उपहार बन्यो,
हजुरको प्यारले……..
Author Archives: sumanjava
हेर न हेर Ragatko Dhara- Nepali Christian Song | Michael Rai
हेर न हेर रगतको धारा बग्दैछ
निर्दोष थुमा बलिदान त्यहाँ हुँदैछ
मेरो निम्ति, तिम्रो निम्ति ।
पिउनै नसक्ने त्यो कचौरा येशूले पिइरहेछ,
बोक्नै नसक्ने त्यो भारी क्रुस येशूले बोकिरहेछ,
पहिरिनु नसक्ने त्यो काँडे मुकुट
येशूले पहिरीरहेछ,
सहनै नसक्ने त्यो चोटहरु
येशूले सहिरहेछ,
मेरो निम्ति, तिम्रो निम्ति ।
वहाँको बलिदानले यो जीवन धन्य बन्यो,
वहाँको बलिदानले यो जीवनमा उमङ्ग छायो,
धन्य होस् नाम, हल्लेलुयाह ।
Koyaliko Kuhu-Kuhu ‘कोइलीको कुहुकुहु’- Nepali Christian Song| Father Rajesh Rai
कोइलीको कुहुकुहु वनै थर्काउने,
येशूको माया कस्तो मनै लोभ्याउने ।
कोइलीको कुहुकुहु…
स्वर्गलाई छोडी मानव बनि
आउनुभयो पापी संसारमा,
तिमी मलाई बचाउनलाई
क्रुसमा भए बलिदान ।
हो…हो…कोइलीको कुहुकुहु…
बाटो सत्य, जीवन बनेर आए
लैजान तिमी मलाई स्वर्ग राज्यमा,
विश्वास गरे पाउँछ जान
अनन्तको त्यो घरैमा ।
हो…हो…कोइलीको कुहुकुहु…
Aunu Hudai Cha- Nepali Christian Song (Male Version) | Paul Suzi
आउनु हुँदैछ येशू बादलमा
लिएर जान विश्वासी सबैलाई
देख्दैछो के तिमीले संसारमा ?
धेरैको प्रेम सेलाई जाँदैछ,
अधार्मिकता दुष्टता बढ्दैछ
मण्डलीलाई सताइरहेको छ ।
धीरज गर छैन धेरै येशू आउनलाई ।
बेला भयो येशू आउनलाई
पूरा हुँदै चिन्ह सबै नै,
ढिलो नगर आऊ चाँडै नै
पर्खिरहेछन् येशूले तिमीलाई
छुटिजाला हाम्रो नाता सँधै–सँधैलाई ।
Song: Aunu Hudaicha Yeshu Badal Maa (Male Version)
Album: Yeshuko Mahima
Vocal: Paul Suzi
Lyrics/Composition: Paul Suzi
Arranger: Suman Tamang
Mixing/Mastering: Anil Shahi
Recordist: Gauri Rasaily
Video Editor: Suman Java
© Copyright Prerana Productions (All Rights Reserved), on behalf of PRERANA NEPAL- Promoting #Christian #Music, #Art & #Literature.
Ishworko Shristi ‘सुन्दर दुई फूल’-Christian Wedding Song (Nepali)|Shankar Gurung
इश्वरको सृष्टिमा आज
सुन्दर दुई फूल फूल्यो
धर्तीको आँगनमा जसलाई
इश्वरको आशिष मिल्यो
मागौँ आशिष इश्वरसँग
यी दुई जोडीको लागि
नयाँ साइनो, नयाँ जीवन,
उज्वल भविष्यको लागि ।
यो जोडीको जीवनमा
दियाबलसको आँखा नलागोस्
दुई आत्माले प्रार्थना गर्दा
कठिनाई दूर भागोस्
यहीँ छ है हामी सबको
यो जोडीलाई कामना
निराशाको बन्धन तोडेर
सँधै गर्नु प्रार्थना ।
प्रार्थना– प्रार्थना, कामना–कामना
प्रार्थना– प्रार्थना, यहीँ छ कामना ।
परमेश्वरको योजनामा
दुई जोडीको दिल मिल्यो
यो धर्तीको प्राङ्गणमा
सुन्दर दुईटा फूल फूल्यो
सु–सन्देशको उदाहरण बनोस्
सबै माझ यो जोडी
कठिनाई सारा पन्छाई
संकष्टको बन्धन तोडी ।
प्रार्थना– प्रार्थना, कामना–कामना
प्रार्थना– प्रार्थना, यहीँ छ कामना ।
Song: Ishworko Shristi ‘सुन्दर दुई फूल’
Lyrics/Music: Shankar Gurung
Vocal: Shankar Gurung/ Dhanusha
Arranger: Phadindra Rai
Recordist: Suman Khadka
Mixing: Dipesh Pradhan
Album: YESHU JI TAPAI JASTO KOHI CHAINA
Video Editor: Suman Java
© Copyright Prerana Productions (All Rights Reserved), on behalf of PRERANA NEPAL- Promoting #Christian #Music, #Art & #Literature.