Ishworko Shristi ‘सुन्दर दुई फूल’-Christian Wedding Song (Nepali)|Shankar Gurung

इश्वरको सृष्टिमा आज
सुन्दर दुई फूल फूल्यो
धर्तीको आँगनमा जसलाई
इश्वरको आशिष मिल्यो
मागौँ आशिष इश्वरसँग
यी दुई जोडीको लागि
नयाँ साइनो, नयाँ जीवन,
उज्वल भविष्यको लागि ।

यो जोडीको जीवनमा
दियाबलसको आँखा नलागोस्
दुई आत्माले प्रार्थना गर्दा
कठिनाई दूर भागोस्
यहीँ छ है हामी सबको
यो जोडीलाई कामना
निराशाको बन्धन तोडेर
सँधै गर्नु प्रार्थना ।
प्रार्थना– प्रार्थना, कामना–कामना
प्रार्थना– प्रार्थना, यहीँ छ कामना ।

परमेश्वरको योजनामा
दुई जोडीको दिल मिल्यो
यो धर्तीको प्राङ्गणमा
सुन्दर दुईटा फूल फूल्यो
सु–सन्देशको उदाहरण बनोस्
सबै माझ यो जोडी
कठिनाई सारा पन्छाई
संकष्टको बन्धन तोडी ।
प्रार्थना– प्रार्थना, कामना–कामना
प्रार्थना– प्रार्थना, यहीँ छ कामना ।

Song: Ishworko Shristi ‘सुन्दर दुई फूल’
Lyrics/Music: Shankar Gurung
Vocal: Shankar Gurung/ Dhanusha
Arranger: Phadindra Rai
Recordist: Suman Khadka
Mixing: Dipesh Pradhan
Album: YESHU JI TAPAI JASTO KOHI CHAINA
Video Editor: Suman Java
© Copyright Prerana Productions (All Rights Reserved), on behalf of PRERANA NEPAL- Promoting #Christian #Music, #Art & #Literature.